ओलम्पिक डेमा स्क्वास सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगिताको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई ११-१, ११-२, ११-३ ले सजिलै हराएर विजयी सुरुवात गर्नुभएको छ । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादुर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य बज्राचार्य पनि आ-आफ्नो खेल जितेर अर्को चरणमा पुग्नुभयो ।

अमिरले रिद्धि शाक्यलाई ११-१, ११-४, ११-३, विनोदले राज महर्जनलाई ११-६, ११-४, ९-११, ११-५, उमितले मित्र गुराउलाई ११-४, १२-१०, ११-३, दिपकले दिलिप नाथ अधिकारीलाई ९-११, ११-८, ९-११, ११-४ र ११-५, प्रवीणले अनिल बज्राचार्यलाई ११-५, ११-५, ११-६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११-७, ११-९ र ११-४ ले हराउनुभयो । शिव कायस्थ रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी हुनुभयो ।

५० वर्षमाथिको भेट्रान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११-७, ११-५, ११-५, दिलिप अधिकारीले अजय सिंहलाई ११-९, १५-१३, ११-३, मनोजबहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०-१२, ११-९, ११-८, ११-१, विदुर धमलाले रोविन शाक्यलाई १३-११, ६-११, १३-११, ८-११, ११-७ र विनोद शाक्यले रत्न महर्जनलाई ११-२, ११-३ र ११-४ ले पराजित गर्नुभयो ।

यसअघि, नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ तथा स्क्वास संघका अध्यक्ष किशोर महर्जनले संयुक्तरूपमा नेपाल र आइओसीको झन्डोत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?