काठमाडौं । नेपाली सिमेन्टमा कार्बनको मात्रा घटाउन अध्ययन हुने भएको छ । खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दूतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्ट संस्था (भारत)ले सोसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गरेका छन् । अध्ययनका लागि नेपालस्थित स्विस दूतावासले आर्थिक, प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन गर्नेछ ।
अध्ययन परियोजनाबाट नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरी गर्न सकिन्छ भन्नेबारे प्राविधिक परीक्षण हुनेछ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट उत्पादन अघि बढाउन नतिजा दिने बताउनुभयो । नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर अरू ३० प्रतिशत क्ले राखेर र क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने, जसमा जिप्सम मिसाएर र अरू १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने उहाँको भनाइ थियो । अध्ययनले नेपालको माटो र क्लिंकरको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने बताइएको छ । एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजा औद्योगिक उत्पादनको परीक्षण गरेरमात्र व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने घिमिरेले बताउनुभएको छ ।
नेपालमा उक्त एलसी थ्री सिमेन्ट उत्पादन गर्न सके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइला खपत कम हुनुका साथै वातावरणमा जाने कार्बन कम हुने बताइएको छ । एलसी थ्री सिमेन्टमा ५० प्रतिशत क्लिंकर, १५ प्रतिशत गैर-सिमेन्ट ग्रेडको चुनढुंगा, ३० प्रतिशत क्याल्साइन गरिएको माटो (गैर सिरेमिक ग्रेड) र पाँच प्रतिशत जिप्सम हुन्छ । जसले सिमेन्ट उत्पादनमा ४० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन घटाउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच