हुम्ला । हिमाली जिल्ला हुम्लामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँद याममा हिमपात नभएपनि यो अत्याधिक चिसो हुनुका साथै यो वर्षको सबै भन्दा बढी चिसो भएको दिन आज हो । जिल्लाको मौसममा फेरवदल आएसँगै विहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो ।
मङ्गलबार साँझ देखि आकाशमा बादलले छोपे सँगै बुधबार विहानदेखि चिसो अत्याधिक बढेको छ । जिल्लामा मौसम फेरबदल भएर बादल लागे सँगै यहाँको तापक्रम माइनसमा झरेको छ । बुधबार हुम्लाको तापक्रम माइन दश डिग्री सेल्सियसमा रहेको छ भने उत्तरी नाम्खाको यो भन्दा बढी माइनस डिग्रीमा तापक्रम झरेको छ । विहानैदेखि घाम नलाग्दा तापक्रम माइनसमा झरेपछि चिसोले जनजीवन कष्टकर बनाएको छ ।
जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गर्नुभएको हो । चिसोले वृद्धवृद्धा र बालबालीकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गर्नुभएको हो । चिसोले विषेश गरी बालबालिकालाई निमोनिया लाग्ने भएकाले सतर्कता अपनाउनुका साथै न्यानो गरेर राख्न प्रमुख सिंहले बताउनुभयो ।
चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले आफ्नो उपयोगका लागि दाउरा संकलन गर्न थालेका छन् । जाडो मौसममा एक भारी दाउराको मूल्य रु एक हजार पर्ने गरेको छ । बुधबार चिसो बढी भएपछि सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । चिसोमा सेवाग्रही कमै आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युतको प्रयोग गरी हिटर तापेर सेवा दिएको शिखर इन्स्योरेन्स प्रालि शाखा हुम्लाका उपेश भण्डारीले बताउनुभयो ।
चिसोले सेवा प्रवाहमा समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहेका वडाध्यक्ष देवजङ बोहराले बताउनुभयो । यसअघिका दिनमा दिउँसो घाम लागेर चिसो कमै मानिएपनि आज विहानैदेखि घाम नलाग्दा दिउँसो पनि अत्याधिक चिसो भएको वडाध्यक्ष बोहराले बताउनुभयो ।
चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत बढी हुने गरेको छ । भने सरदमुकाममा रहेको पसल व्यवसायीले आफ्नो पसल अगाडी आगो बालेर आगो ताप्दै व्यवसाय सञ्चालन गरीरहेका छन् ।
बादल लागेसँगै अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न सकेको छैन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच