काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्त रूपमा ‘चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल-चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गर्योे । कार्यक्रममा ‘चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियोे । यस अन्तक्रिया कार्यक्रमको अध्यक्षता प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियोे ।
कुलपति राईले समापनका क्रममा अन्तक्र्रियालाई सम्बोधन गर्दै अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिन्छ भन्नुहुँदै चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले आफू चिनियाँ साहित्यबारे परिचित भएको बताउनुभएको थियोे । यसैगरी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कविताबाट नेपाली साहित्यको सुरुवात भययता २५० वर्ष लामो इतिहास रहेको चर्चा गर्नुभएको थियोे ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू बाबा बस्नेत, डा.कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिव’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारीले उक्त अन्तक्रियामा आआफ्नो धारणा राख्नुभएको थियोे । यस कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै नेपाली र चिनियाँ साहित्यकारबीच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह अरनिको समाजका प्रथम उपाध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले गर्नुभएको थियोे । उहाँले चिनियाँ र नेपाली भाषालाई एकआपसमा अनुवाद गरेर कार्यक्रमलाई फलदायी बनाउनुभएको थियोे ।
यसै क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय चाइना फोरमको कार्यक्रममा भाग लिन आइपुगेका सन्दर्भमा चीन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकन सँगसँगै नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताउनुभएको थियोे । उहाँले नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकआपसमा तत्पर रहनुपर्ने बताउनुभएको थियोे ।
यसैगरी उक्त प्रतिनिधि मण्डलमा सहभागी चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान यामेई, चीन लेखक संघका सदस्य निङ यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्विन्, चीन लेखक संघका सदस्य छियौ स्युली, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ चियान्फिङले ‘नेपाल-चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रममा आआफ्नो धारणा राख्नुभएको थियोे ।
सहभागी चिनियाँ साहित्यकारले आ-आफ्नो लेखन अनुभव सुनाउँदै विभिन्न कलाकारका पेन्टिङ र आ–आफ्ना कृतिहरू प्रज्ञा-प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच