व्यावसायिक मन्दीका कारण गोपी कृष्ण मुभिज बन्द हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । व्यावसायिक मन्दीका कारण २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ।

शुक्रबार प्रबन्ध निर्देशक निरक पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिनुभएको हो ।

'कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न ।' विज्ञप्तिमा भनिएको छ ।

प्रबन्ध निर्देशक पौडेलले विज्ञप्तिमार्फत हालसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शकवृन्द, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायहरु प्रति आभार व्यक्त्त गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?