काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज (आइतबार)बाट सुरु हुने केन्द्रीय कमिटीमा अभियानका बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोस्रो दिन विधानका बारेमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी गराउनुभयो । प्रवक्ता सापकोटाले भन्नुभयो, बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टी भित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको छ । जनवादको उत्तम अभ्यास भएको र सबै विषयमा स्थायी कमिटी सदस्यहरूले खुलेर कुरा राख्नुभएको छ ।’
विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरूको कुरा सुनेर विधानलाई अन्तिम रूप दिने उहाँले बताउनुभयो । बैठकमा संविधानअनुसार पार्टीको विधि संरचना लगायतलाई त्यसअनुरूप लैजाँदै अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।
माओवादीले केन्द्रीय कमिटी माघ २८ र २९ गते र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ । माओवादीको विधानमाथि छलफल भइरहेको बेलामा १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव भएको छ । बैठकमा पार्टीमा युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो ल्याउने भन्ने विषयमा पनि बहस चलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच