काठमाडौं । नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सम्बन्धी बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा नबिल बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक विनिता बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर-पेडिक्योर, नेल आर्ट, अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच