काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ ।
बुधवारबाट राप्रपाले काठमाडौंसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन् । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो ।
भृकुटीमण्डपबाट -याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको हो । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई मागपत्र प्रश्तुत गरेका छन् । राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापना लगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै आएको छ ।
राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मागमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र रहेका छन् । साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच