सर्लाही । जिल्लाको दक्षिणी भेगस्थित गोडैता नगरपालिका–८, स्थित भित्री सडकमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
मधेश प्रदेश ०२–००७ प १२३० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका चक्रघट्टा गाउँपालिका–९, खोरिया टोल बस्ने ५० वर्षीय नागेन्द्र रायको ज्यान गएको हो । मोटरसाइकलको ठक्करबाट रायसँगै रहेका चक्रघट्टा गाउँपालिका–९, खोरिया टोल बस्ने ४५ वर्षीय पन्चलाल यादव र पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोडैता नगरपालिका–६, बस्ने २३ वर्षीय श्याम राय पनि घाइते भएका छन् ।
पैदलयात्री यादव र चालक रायको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार चलिरहेको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच