सेयर बजार दोहोरो अंकले बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साताको सुरुदेखि नै दोहोरो अंकले घटेको सेयर बजार तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । नेप्से १७.६९ अंकले बढेर २०१५.९८ अंकमा पुगेको हो । यस दिन विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता सेयर एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ । एक सय ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह १२२.४९ र उत्पादन तथा प्रशोधन समूह ८३.९१ अंकले बढेका छन् । बैंकिङ ४.७६, विकास बैंक ४३.१०, वित्त ३७.५८, होटल तथा पर्यटन ७०.५८ र जलविद्युत्् समूह ३४.३० अंकले बढेको छ ।

लगानी समूह ०.५९, जीवन बिमा ५०.०५, लघुवित्त १६.५१, व्यापार १६. ७२ र अन्य समूह २१.७४ अंकले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.४२ प्रतिशतले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार कारोबार रकम र सेयर संख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर सेयर २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरका दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?