सामुदायिक वन अतिक्रमण गरि बनेका अवैध संरचना हटाइयो

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा सामुदायिक वनमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ र ८ मा सामुदायिक वनमा बनेका अवैध घर तथा टहरा हटाइएको हो ।

मंगलबार डिभिजन वन कार्यालय बैतडीले सामुदायिक वन, स्थानीय सरकार, तिनै तहका सुरक्षाकर्मी तथा स्थानीयको सयुंक्त प्रयासले अवैध घर तथा टहरा हटाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कंडेलले बताउनुभयो । स्थानीयले सार्वजनिक ठाउँ ओगटेर बनाएका घर तथा टहरा हटाइएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयहरुले जिल्लाको मेलौली नगरपालिका ७ र ८ को चापठाँड सामुदायिक वन र कोटिगाउँ सामुदायिक वनमा अतिक्रमण गरि बनाइएका २७ वटा घर टहराहरू हटाइएको हो । सार्वजनिक ठाउँमा अवैध रुपमा घर तथा टहरा बनाएर बस्ने तथा व्यापार व्यवसाय गर्ने गरेको पाइएपछि घर टहरा भत्काइएको कंडेलले बताउनुभयो । कानुन विपरित वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उहाँले बताउनुभयाे ।

वन कार्यालयले यस अघि दुई पटक घर खाली गर्न १५ दिनको सूचना जारी गरेको थियो । सूचनाको अवज्ञा गरिएपछि अहिले घर भत्काइएका छन् । जिल्ला प्रशासन कार्यालय वन कार्यालय र मेलौली नगरपालिका, सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?