नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छ : अध्यक्ष ढकाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बतउनु भयो । उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बतउनु भयो । उहाँले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताउनु भयो । उहाँले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भुमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्वपूर्ण भुमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ । यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ । जस्तो गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको देखिन्छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त छैनन् ।’

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गर्नुभयो । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?