कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ ।

बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहनु भएका देउवा निर्वाचित हुनुभएकाे उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयाे ।

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित हुनुभएकाे हाे भने उहाँका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?