उदयपुर । उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा ईलाका प्रहरी भवन निर्माणको निर्माणकाे काम सम्पन्न भइसकेको छ। सम्पन्न भएको २ वर्ष बित्न लाग्दा पनि प्रहरी कार्यालय भवन सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाको केन्द्र बाराहा नजिकै २ नं. वडामा निर्मित आधुनिक र सुविधा सम्पन्न भवन सञ्चालनमा आउन नसकेको हो।
मूल्य अद्धिबृद्धि करबाहेक १ करोड ५१ लाख ८७ हजार २ सय २८ रुपैंयामा निर्माण गर्ने गरी ०७६ असार ५ गते भुस्नाम्छा निर्माण सेवा गाईघाटले सम्झौता गरेर भवन निर्माण गरेको हो।
०७८ असार पहिलो साताभित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि कोविड कहरका कारण ६र६ महिना २ पटक गरी १ वर्ष थपिएको म्यादभित्रै सम्पन्न भएको थियो।कम्पाउण्ड वाल, घेराबेरा र प्रवेशद्वार सबै व्यवस्थित बनाईसकेको तथा रंगरोगन गरिसकेको भवन सञ्चालन नहुँदा इलाका प्रहरीकार्यालय लिमचुङबुङ भने टहरामै राखेर कार्यालय चलाउनुपर्ने बाध्यता छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले भवन सञ्चालन नहुनुको कारण प्राविधिक समस्या भएको हुनसक्ने बताए। आफु सरुवा भएर आउँदै भवन निर्माण भईसकेको उनले बताए। भवन बनाउन जमिन खरिददेखि आउजाउ गर्न सडक निर्माणसम्मको लगानीमा गाउँपालिकाले गरिदिएको अधिकृत गुरुङले बताए।
निमित्त इन्चार्ज श्याम गुरुङले इप्रकालाई भवनको अत्यन्त खाँचो छ, तर, निर्माण गर्दा केही मापदण्ड नपुगेको पाइएपछि हस्तान्तरण हुन बाँकी रहेको बताए। सातादिनअघि मात्र प्रहरी प्रधान कार्यालयको इन्जिनियरिङ महाशाखाको प्राविधिक टोली आएर भवनको स्थलगत अनुमगन गरेर फर्केको उनले बताए।
नयाँ भवन बनाउँदा प्रहरी भवन संहिता अनुसार मापदण्ड नपुगेको निश्कर्ष निकाल्दै मापदण्ड पुरा गर्न ठेकेदारलाई निर्देशन दिएर फर्केको उनले बताए।निर्माण कम्पनी प्रतिनिधि हेमराज दाहालले भने २ वर्षअघि तोकिएकै म्यादभित्रै भवन बनाई सकेर सहरी विकास आयोजना कार्यालय विराटनगरलाई हस्तान्तरण गरिसकेको बताए।
नवनिर्मित भवन रित्तो बसिरहँदा उता इलाका प्रहरीलाई कार्यालय भवन अभावमा स्थापनाकालदेखि भुईतले टहरामा बसेर काम चलाउनु परेको छ।
संघिय सरकार, सहरी विकास तथा भवन निर्माण आयोजना विराटनगरले बनाएको अढाईतले १२ कोठे पक्की भवनको भुई तलामा ८ र पहिलो तलामा ४ कोठा छन्। भुई तल्ला प्रशासनिक कामकाज, थुनुवा कक्ष र व्यारेक प्रयोजनमा उपयोग गरिने छ भने पहिलो तला कार्यालय प्रमुखको आवास प्रयोजनमा लगाइने प्राविधिक इस्टीमेट छ।
- सराेज निराैला
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच