✍️ केशव चौलागाईं
प्रयोगले आजको विश्वलाई साघुँरो बनाएको छ । तीव्रतर रूपमा भएको वैज्ञानिक आविष्कारले गर्दा प्रविधिको विकास दिनप्रतिदिन तीव्र गतिमा विस्तार भएको पाइन्छ । यसको प्रयोगलाई निरन्तरता दिन नसक्ने हो भने हामी पछाडि पर्न सक्छौं । खास गरी प्रविधिले शिक्षण सिकाइमा आमूल परिर्वतन ल्याई बृहत्तर राष्ट्रिय लक्ष्य हासिल गर्नतर्फ अग्रसर देखिन्छ । प्रविधिले शिक्षण सिकाइ, शिक्षकको क्षमता विकास र विद्यालयको व्यवस्थान प्रक्रियालाई सरल, सहज एवं प्रभावकारी बनाएको छ । सफ्टवेयर, इबुक्स, प्रोजेक्टर, प्रिजेन्टेसन, कन्फ्रेन्स, दृश्यांकन, थ्रिडी जस्ता औजारले शिक्षण सामग्री तयार पारी प्रभावकारी रूपमा शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ । प्रविधि विश्वभर शिक्षा, सूचना र सञ्चारको विकास एवं विस्तार गर्ने, परिमार्जन गर्ने, नयाँपन दिने र प्रतिस्पर्धी बनाउन क्षमताको अभिवृद्धि गर्ने साधन प्रमाणित भइसकेको छ ।
आज दिनप्रतिदिन विद्यार्थी केन्द्रितभन्दा पनि प्रविधि केन्द्रित सिकाइ प्रयोगमा आएको छ । युगानुकूल प्रविधिको विकास र उपयोग गर्ने मुलुकको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, औद्योगिकलगायत हरेक क्षेत्रमा प्रगति भएको पाइन्छ । प्रविधिको पहुँच नपुग्ने मुलुक र प्रविधिमैत्री मुलुकको शिक्षामा गहिरो अन्तर रहेको पाइन्छ । गुणस्तर प्रभावकारी बनाउने, सिकाइ दिगो बनाउने, नवीनतम ज्ञानको विकास गर्ने, मूल्यांकन प्रणालीमा प्रभावकारीता ल्याउने, शैक्षिक सुशासनको प्रत्याभूति दिलाउन आइसिटीको प्रयोग बढ्दो छ ।
बालबालिकाहरूलाई मोबाइलभन्दा पनि सिर्जनात्मक कुरामा विशेष ध्यानदिनुपर्दछ । उनीहरूलाई मोबाइल देखाएरभन्दा कौसी, बार्दली, बगैँचा देखाएर खुवाउनु उचित हुन्छ । मोबाइल हेरेर खाना खाँदा उनीहरूले खानाको रङ, स्वाद थाहै नपाई खाने गर्दछन् । मोबाइलले यतिसम्म बालबालिकाको ध्यान केन्द्रित गर्ने गर्दछ ।
आज हामीले प्रविधिको प्रयोग ठीक ढंगले गर्न नसक्दा बालबालिकामा विविध प्रकारका समस्या देखापरेका छन् । सानै उमेरदेखि प्रविधि केन्द्रित हुँन खोज्दा यसले सकारात्मकभन्दा पनि नकारात्मक असर पारेको कुरा आजभोलि विज्ञहरूले बताउन थालेका छन् । पहिलेका बालबालिका साथीहरूसँग खेलेर मनोरञ्जन गर्दथे । उनीहरू लुकामारी, गट्टा खेल्ने, रुमालचोर, कपर्दी, फुटबल, भलिबल, क्याराम बोर्ड, डण्डिबियोजस्ता खेलहरू खेल्दथे । जसले गर्दा बालबालिकामा शारीरिक एवं मानसिक विकासमा धेरै फाइदा पुग्दथ्यो । प्रविधिको प्रयोगसँगै अहिलेका बालबालिका आफूले नजानेका कुरा सिक्नुपर्यो भने किताब पल्टाउनेभन्दा मोबाइल/ल्यापटपबाट खोज्न सजिलो हुने ठान्दछन् । पढ्नमात्र होइन खाना खान पनि मोबाइल नै प्यारो भएको छ ।
सात वर्षकी रमा बस्नेत स्कुल जान थालेको तीन वर्ष भइसक्यो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोबाइल पनि सँगै लैजाने उनको हठ हुन्छ । वसुन्धारामा बस्दै आएकी उनलाई घरमा खाजा खाँदा, खाना खुवाउँदा मोबाइल हेर्नै पर्दछ । उनी घरबाहिर गएर खेल्नै चाहँदिनन् । मोबाइल हेरेर घरभित्रै बस्न उनलाई धेरै मन पर्छ । विद्यालयबाट घर फर्केपछि खाजा खाँदा मोबाइल नहेरी खानै मान्दिनन् । अघाउन्जेल मोबाइलमा टिकटक चलाउने, कार्टुन हेर्ने, गेम खेल्ने नगरीकन उनलाई चित्तै बुझ्दैन ।
यसरी घरमा मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर, आइफोन, टिभी हेर्ने बालबालिकाको संख्या बढ्दै गएको छ । यस्तो बानीले बालबालिकामा चौतर्फी असर पर्ने, खानाको समय र सुत्ने समयमा मोबाइल चलाउनु नहुने कुरा बताउँछन् कान्तिबाल अस्पतालका मनोचिकित्सक डा.उत्कर्ष कार्की । विश्व स्वास्थ्य संगठन र अमेरिकी सरकारको अमेरिकन पेडियाट्रिक एसोसिएसनको गाइडलाइन अनुसार ६ वर्षभन्दा मुनिका बालबालिकालाई कसेसम्म मोबाइल चलाउन दिनु हुँदैन भनेको छ । दुई वर्षभन्दा कम उमेरका बालबािलकालाई मोबाइल र टिभी देखाउनु नहुने भन्दै जिरो स्क्रिन टाइम भनेर उल्लेख गरेको पाइन्छ ।
बालबालिकालाई मोबाइलभन्दा पनि सिर्जनात्मक कुरामा विशेष ध्यानदिनुपर्दछ । उनीहरूलाई मोबाइल देखाएरभन्दा कौसी, बार्दली, बगैँचा देखाएर खुवाउनु उचित हुन्छ । मोबाइल हेरेर खाना खाँदा उनीहरूले खानाको रङ, स्वाद थाहै नपाई खाने गर्दछन् । मोबाइलले यतिसम्म बालबालिकाको ध्यान केन्द्रित गर्ने गर्दछ । धेरै समय मोबाइल चलाउँदा बालबालिका अनिद्रा हुने, खाना खाने समय, गृहकार्य गर्ने समय, खेल्ने समय, निदाउने समयको तालिका बिग्रन पुग्दछ । धेरै समय मोबाइल हेर्दा सही तरिकाले मानसिक विकास हुन पाउँदैन । मोबाइलबाट निस्कने रेडियो तरंगले दिमागमा गहिरो प्रभाव पार्न सक्ने, घर बाहिर ननिस्कने, आफन्तसँग घुलमिल नहुने, एकोहोरो हुने, खेलकुदमा रुचि नराख्ने, सामाजिक बन्न अनिच्छा देखाउने जस्ता समस्याहरू देखा पर्न सक्छन् ।
निद्रा ढिलो लाग्ने, पातलो लाग्ने, निद्रा नलागेर पटकपटक समस्या देखिने, आफूले खाएको खाने कुराको स्वाद थाह नहुने, पाचन प्रणालीमा समस्या आउने, एकोहोरो हुने, रुने, दोहोरो कुरा नगर्ने, खाने कुरा छिटो निल्ने, खाना राम्ररी नचपाई खाने, सुत्नुअगाडि मोबाइल हेर्ने बालबालिकामा निद्रा लाग्ने हर्मोन उत्पादनमा समस्या हुने, मस्तिष्क कोषको विकास ढिलो हुने, अधिकतम उमेरमा मोबाइलको लतले बालबालिकाको सर्वांगीण विकासमा ठूलो असर पार्दछ । बालबालिकाहरू मोबाइल र टिभी हेर्न बानी परेर किताबका पाना पल्टाउँदैनन् । सरल भाषा, वाक्य गठन, रमाइला, मीठा शब्दको चयन गरी बालसाहित्यमा लेखिएका पुस्तकहरू पढ्न लगाएर उनीहरूलाई पुस्तकप्रति ध्यानआकर्षित गर्न सकिन्छ ।
बालबालिका सोफा वा ओछ्यानमा मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने गर्दछन् । मोबाइलले हामीलाई कति असर पार्छ भन्ने कुरा ख्याला गर्दैनन् । धेरै समय मोबाइल, टिभी हेर्नाले केबल समयमात्र बरबाद हुँदैन उनीहरूको भाषा, कुरा गर्ने तरिका र व्यवहारमा पनि प्रभाव पार्दछ । शारीरिक गतिविधिमा असर पार्दछ । मोबाइलमा छुट दिइयो भने उनीहरू एक ठाउँमा बसेर घण्टौंसम्म मोबाइल चलाएर बस्न सक्छन् । मोबाइलमा हिंस्रक गेमहरू खेल्ने, फाइट गरेको खेल्ने÷हेर्ने गर्दा उनीहरूमा मनोवैज्ञानिक असर पर्दछ । परिवार र समाजमा घुलमिल हुनुबाट टाढिँदै जान्छन् । अश्लिल फोटोहरू हेर्ने गर्दागर्दै उनीहरूको त्यो लत लागु पदार्थको दूव्र्यसनभन्दा कम नहुन सक्छ ।
ब्लु हृवेल च्यालेन्ज जस्ता इन्टरनेट गेमका कारण धेरै किशोरकिशोरीहरूले आत्महत्या गर्ने गरेको कुरा विज्ञहरूले बताउँदै आएका छन् । अमेरिका, युरोप, रुस जस्ता मुलुकमा प्रहरीले यो सुसाइड गेम बारे चेतावनी नै जारी गरिसकेको कुरा खोजी पस्दा पढ्न पाइन्छ । बेलायतमा केही संस्थाहरूले हेल्पलाइन सेवा नै सुरु गरिसकेका छन् बालबालिकाका लागि । इन्टरनेट गेमिङ एडिक्सन भनेको घण्टौंसम्म इन्टरनेटमा गेम खेल्नु हो । यस्तो लतमा फसेका बालबालिका गेम खेल्न नपाएको अवस्थामा उग्र स्वभाव देखाउँछन् ।
बालबालिकालाई बाहिरी संसार देखाउनुपर्दछ । उनीहरूलाई पार्क, म्युजियम, सपिङ महल लैजानुपर्दछ । सपरिवार घुमफिर गर्न समयसमयमा लैजानु पर्दछ । बच्चा आमाबुबाको बानी नक्कल गर्दछन् । त्यसैले अभिभावक रोलमोडल बन्नुपर्दछ । आफैंलाई परिवर्तन गर्नुपर्दछ । जानकारीमूलक, सिर्जनामूलक कार्यक्रम हेर्नुपर्दछ ।
सानो उमेरमा राम्रो शिक्षा पाएका बालबालिका पनि ठूलो भएपछि संगतका कारण बिग्रिएका धेरै उदाहरण छन् । प्रविधिलाई स्वच्छ नदीको संज्ञा दिने हो भने पनि उक्त नदीको सही प्रयोगले विद्युत उत्पादन गर्न सकिन्छ । यही नदीमा फोहोर फ्याँकियो भने कालन्तरमा दुगन्र्ध शिवाय अरू केही पाउन सकिँदैन । तसर्थ भेटघाट, खेलकुद, मनोरञ्जन, पढाइलेखाइ, सरसफाइबाट बाँकी रहेको समयमात्र ज्ञानका कुराहरू पढ्न, सिक्न र हेर्नका लागि प्रविधिको प्रयोग गर्नु निकै उपयोगी मानिन्छ । तर, त्यसो नगरी गलत ढंगले प्रयोग गरेमा भने जीवनलाई नै गलत बाटोमा पुर्याउँछ ।
प्रविधिको जमाना छ भनेर बालबालिकालाई निर्धक्कसँग बोलाइल चलाउन दिनुहुँदैन । आफू साथमा बसेर केही समयमात्र चलाउन दिनुपर्दछ । उनीहरूले सही कार्यक्रम हेरिरहेका छन् वा छैनन् भनेर निगरानी गर्नुपर्दछ । गलत कार्यक्रम हेरेका छन् भने पनि मायालु तरिकाले नहप्काइकन यस्तो कार्यक्रम हेर्दा यस्ता यस्ता बेफाइदा हुन्छन् । हामीलाई भविष्यमा यस्तायस्ता किसिमका असर पार्न सक्छ भनेर सम्झाउनुपर्दछ । बालबालिका मोबाइलमा लत लाग्न पुग्दा खाने, बस्ने, सुत्ने, पढ्ने, खेल्ने, हिँडडुल गर्ने, उठ्ने हरेक विषयमा प्रभाव पार्नेभएको हुँदा मोबाइलबाट टाढै राख्नु उपयुक्त हुन्छ ।
बालबालिकालाई बाहिरी संसार देखाउनुपर्दछ । उनीहरूलाई पार्क, म्युजियम, सपिङ महल लैजानुपर्दछ । सपरिवार घुमफिर गर्न समयसमयमा लैजानुपर्दछ । बच्चा आमाबुबाको बानी नक्कल गर्दछन् । त्यसैले अभिभावक रोलमोडल बन्नुपर्दछ । आफैंलाई परिवर्तन गर्नुपर्दछ । जानकारीमूलक, सिर्जनामूलक कार्यक्रम हेर्नुपर्दछ । हामीले बालबालिकालाई सामाजिकीकरणमा रहन सामाजिक मूल्यमान्यता, चालचलन, नियम, आदर, आदर्श, संवेगात्मक विकास, आत्मानुशासन, नैतिक आचरण, सामाजिक सीपजस्ता कुरा सिकाउनुपर्दछ ।
उनीहरूलाई सकारात्मक र स्वतन्त्र वातावरण, जिम्मेवार, सहयोगी, स्वावलम्बी बन्न सिकाउनु पर्दछ । कडा अनुशासन एवं दण्डको वातावरणमा हुर्केका बालबालिकाहरू डर, निराशावादी भावना, आत्मविश्वासको कमी र नकारात्मक सोच आदि हुन पुग्दछन् । उनीहरूमा नम्र बोली, व्यवहार र आचरण सिकाउनुपर्दछ । आत्मानुशासनको विकास गराउनुपर्दछ । यस्ता सामाजिक सिकाइमा समेत मोबाइलले प्रभाव पार्ने भएकाले बालबालिकालाई मोबाइलबाट टाढै राख्नु उपयुक्त मानिन्छ ।
(चौलागाई रिलायन्स पब्लिक स्कुल, कपनमा नेपाली विषयको विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच