आइएमएफ र सिबिफिनबीच छलफल

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नेपालमा आएको प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) नेतृत्वले नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा छलफल गरेको छ । सो अवसरमा आइएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आइएमएफ वासिङ्टन डिसीका वरिष्ठ अर्थशास्त्री रसेल ग्रिन र सिबिफिनतर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, सदस्य राधेश पन्तलगायतको सहभागिता थियो ।

मिसन प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोरोनापछिको अवस्थाबारे सरोकारवालासँग परामर्श गर्न नेपालमा आएको बताउनुभयो । सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पुँजी बजारमा आएको गिरावट, संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्न सकिने बाफिया कार्यान्वयन अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा जानकारी प्रस्तुत गरेका थिए । आइएमएफबाट मिसन टोलीले नेपालको हालको आर्थिक कठिनाइबारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?