वर्लिन । दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।
दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकारीहरूले यस्तो आदेश दिएका हुन् । यो चराले आफ्नो गुँड जमिनमा बनाउँछ । बिरालोका लागि यो चरा सजिलो शिकार मानिन्छ ।
पछिल्ला दशकमा पश्चिम युरोपमा चराहरूको संख्या तीव्र रूपमा घटेको छ । अधिकारीहरूका अनुसार पछिल्लो आदेश शहरको दक्षिणी भागमा सबै बिरालाहरूमा लागू हुन्छ र आगामी तीन वर्षसम्म निश्चित अवधिमा यो आदेश दोहोर्याइनेछ ।
तर, अधिकारबादीहरूले सरकारको आदेशको विरोध गरेका छन् । क्षेत्रीय पशु संरक्षण संघका प्रमुखले उक्त आदेशलाई चुनौती दिन कानुनी कदम चाल्ने योजना बनाएका छन् ।
‘यो अन्यायपूर्ण कदम रोक्न हामीले सक्दो प्रयास गर्नेछौं’, उनले भने । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :