![बाढी प्रभावित भन्छन् : ‘अब हाम्रा दुःखका दिन सुरु भए’](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/Badhi-Kailali.jpg)
दाङ । दाङमा शुरु भएको अन्तर्राष्ट्रिय लोक-सांस्कृतिक महोत्सवका क्रममा सोमबार नेपालसहित १३ देशका कलाकारले आ-आफ्नो लोक संस्कृति प्रदर्शन गरेका छन्।
घोराहीको सभागृहबाट सुरु भएको सांस्कृतिक झाँकी र प्रस्तुतिसहितको र्याली बजार परिक्रमा गरी महोत्सवस्थलमा पुगेर टुंगिएको थियो । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कतिको आधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव स्थलमा पुगेर विभिन्न देशका कलाकारहरुले प्रस्तुति गरेका थिए । जसमा विभिन्न देशका साथै नेपालका विभिन्न जातजातिका मौलिक संस्कृति पनि प्रदर्शन गरिएको थियो ।
एकै थलोमा धेरै देशका कलाकर्मीहरूको प्रस्तुति हुँदा कला संस्कृतिको आदानप्रदान हुनुका साथै स्थानीय संस्कृतिको अन्तर्राष्ट्रियकरण हुने मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताउनु भयो । ‘यसबाट अन्तरदेशीय सम्वन्ध समेत प्रगाढ बनाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘कला संस्कृतिमार्फत सम्बन्ध जोडिने छ ।’
महोत्सवमा नेपालसहित अस्ट्रिया, बेल्जियम, बोत्सवाना, एस्टोनिया, जर्मनी, भारत, इजरायल, मलेसिया, पेरु, पोल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिय लगायतका देशबाट कलाकारहरू दाङ आएको दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले बताउनुभयो ।
दाङका विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पुर्याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने र लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन महोत्सवले भूमिका खेल्ने बुढाथोकीले बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघि २०६८ सालमा पनि अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच