भोजपुर । मानव अधिकारका क्षेत्रमा क्रियाशिल महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरले पछिल्लो समयमा भइरहेका हत्या हिंसाबिरुद्ध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
सदरमुकामको जिरो प्वान्ट गेट देखि बिभिन्न हिंसा बिरोधी नारा सहित बजारक्षेत्र, चारभञ्ज्याङ हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको हो ।
चितवनमा अध्यनरत बालिका शालिन पोख्रेल लगायतका बिभिन्न घटनाहरुमा संलग्न माथि कारवाहीको माग सहित ज्ञापन-पत्र बुझाईएको संञ्जाल अध्यक्ष लिलामाया तामाङले बताउनुभयो । “समाजमा बलात्कार तथा हत्या हिंसाका घटनाहरु बढदै जाँदा सामाजिक तथा मानसिक असर बालबालिकाहरुमा पर्दै गएको छ ।” अध्यक्ष तामाङले भन्नुभयो ।
चितवनको घटनालाई ढाकछेप गर्न खोजिएकाले प्रमुख जिल्ला अधिकारी मार्फत सत्य तथ्य पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सापकोटाले सञ्जालले उठाएका मागहरुमा आफु गम्भिर रहेको बताउनुभयो । कार्यक्रममा सञ्जाल पदाधिकारी, जनसेवा आधारभुत बिधालय, सिद्धकाली ईङलिस बोर्डिङ स्कुलका छात्राहरु, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच