काठमाडौं । चलचित्र ‘काँडेतार’लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा.लि.ले गरेको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगर्ने निर्णय गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिनुभयो ।
हिन्दी चलचित्रलाई करिब ११५ वटा शो उपलब्ध गराइएपनि काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको उहाँको भनाइ थियो । अंग्रेजी चलचित्रलाई पनि करिब ७० वटा शो हल उपलब्ध गराइएको उहाँले बताउनुभयो । ‘चलचित्र शोमा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शक चलचित्र हेर्न निस्कन्छन् । तर, चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन । दुई अन्य चलचित्र प्रत्येकलाई करिब ८०÷९० वटा शोहरू प्राइम टाइममा दिइएको छ । हाम्रो चलचित्र काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकांश शोहरू छन् । जुन समय दर्शकहरू दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्,’ नवलले भन्नुभयो ।
प्रदर्शक र निर्माता संघमा उजुरी
निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो चलचित्र ‘काँडेतार’को प्रदर्शन रोकिएको सम्बन्धमा आइतबार चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी दिनुभएको छ । दुवै संस्थाको वार्ता कार्यदललाई सम्बोधन गर्दै बुझाइएको पत्रमा दुई संस्थाबीच प्रदर्शन र निर्माणलाई लिएर विगतमा भएका सहमतिबारे प्रश्न उठाइएको छ । आफ्नो चलचित्रलाई प्राइम टाइममा शो नदिएर हेपाहा प्रवृत्ति देखाइएको भन्दै खड्काले उजुरीमा के– कति कारणले चलचित्रलाई पाखा लगाइयो भनेर प्रश्न गर्नुभएको छ ।
राम्रो अकुपेन्सी हुँदाहुँदै चलचित्रलाई किनारा लगाउने रणनीति प्रदर्शकले लिएको भन्दै उहाँले निर्माताले भोगेका समस्याको संस्थागतरूपमा समाधान गर्नुपर्ने माग राख्नुभएको छ । उहाँले काठमाडौं उपत्यकाका प्रदर्शकले अमर्यादित ढंगले अव्यावसायिकता प्रदर्शन गरेको आरोप पनि लगाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच