काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उमेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नु हुने भएको छ ।
आईतवार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रुपमा नारायण दाहाल उम्मेदवार बन्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रुपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरुको नाम पनि चर्चामा थियो । केही साथीहरुको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ३० गते विश्वासको मत लिने भन्नेकुरा भयो ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने पनि बताउनु भयो ।
नारायण दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ का भाइ हुनु हो । उहाँ राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच