सर्लाही । सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले आज सिडा संकल्प परियोजना अन्तर्गत सरोकारवाला संघसंस्थासँग समन्वयात्मक बैठक गरेको छ ।
संस्थाको सभा हलमा अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षतामा बैठक गरिएको हो । बैठकमा हरिपुर र ईश्वरपुर नगरपालिकाको विभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, संचारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।
सिडा संकल्प परियोजनाका संयोजक धिरेन्द्र चौधरीले उस्तै कार्यक्रम गर्दै आइरहेका संघसंस्थाबीच गतिविधि संचालन गर्दा नदोहोरियोस् र सँगसँगै मिलेर अझ प्रभावकारी ढंगले काम गर्न सकियोस् भनी सरोकारवाला संघसंस्थासँग छलफल गरिएको बताउनुभयो ।
उहाँले यो बैठकपछि सबैको साझा बुझाई हुने विश्वास व्यक्त गरिएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच