काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताउनुभएको छ । शनिबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सहकारी ठगी गरेको भन्दै परेको उजुरीका बारेमा संसद्मा कांग्रेसले बोल्न नदिएको भन्दै जनताका माझ सार्वजनिक रूपमा सबै प्रश्नको जवाफ दिन तयार रहेको बताउनुभयो । विश्वभरका जनताले देख्नेगरी त्यो सार्वजनिक कार्यक्रमको लाइभ गर्नेसमेत बताउनुभयो ।
‘म चुनौतीका साथ भन्न चाहन्छु, प्रभावशाली नेताहरूलाई, जो यो मुद्दालाई लिएर सदनै अवरोध गरिरहनु भएको छ । कहिले कहाँ, कुन मितिमा कुन स्थानमा सदनमा त मैले बोल्न पाएको छैन । ठिक छ जनताका माझमा राखौँ,’ गृहमन्त्री लामिछानेले भन्नुभयोे, ‘तपाईंले भनेको मितिमा बोलाउनुस्, तपाईँसँग बहस गर्न चाहन्छु, प्रमाणित गरिदिनुस् । देशमा भएका सबै लयर, तपाईंका पार्टीका नेता लिएर आउनुहोला । सबै प्रमाण लिएर आउनुहोला । म एक्लै आउँछु ।’ उहाँले बहस गर्न कहाँ आउनुपर्ने हो आफू तयार भएको भन्दै कांग्रेसलाई चुनौती दिनुभएको छ । ‘म कहाँ आऊँ बहस गर्न, तयार छु । तपाईंका होनाहार एक से एक नेता अगाडि राख्नुस् । म एक्लै हरेक प्रश्नको जवाफ दिन्छु, जवाफ मात्रै होइन । समाधान पनि दिन्छु,’ उहाँले भन्नुभयो ।
लामिछानेले आफूहरूलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई भनेको छु, यही अवस्था कायम रहिरहे आउने चुनावअघि नै जनतामा भरोसा जगाउन सकिन्छ । हामी जोखिम मोलेर जोडिएका छौँ । हामी देशको ठूलो राजनीतिक दल कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट Çयाँकेको जस्तो अवस्थामा पुग्दैनौँ, काम गर्न सकेनौँ भने हाम्रो राजीनामापत्र अहिलेदेखि झोलामा तयार छ । मात्रै मिति लेख्न बाँकी छ । हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौँ भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ ।’ गृहमन्त्री लामिछानेले सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने कुनै सहमति नभएको दाबी गर्नुभयो ।
‘जतिसुकै चिप्ला, ठूला र बाठा माछा होऊन्, समातेरै छोडिन्छ’
गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारी जतिसुकै ठूला, चिप्ला र बाठा माछा भए पनि समातेरै छोड्ने दाबी गर्नुभएको छ ।
उहाँले आफूले भ्रष्टाचार माछा समाउन थालेको बताउँदै जस्तोसुकै माछा भए पनि समातेरै छोड्ने उल्लेख गर्नुभयो र मन्त्री लामिछानेले भन्नुभयो, ‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दाखोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, र जतिसुकै बाठा माछा हुन्, नागरिकले दिएका शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको संकेत देखाइसकेका छौँ ।’
उहाँले एकजना समातिँदैमा फेरि छुट्यो भनेर निराश नहुन र नआत्तिन आग्रह गर्नुभयो । उहाँले समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी गर्नुभयो । लामिछानेले नेपाली जनताले आफ्नो दललाई दिएको शक्तिको दुरुपयोग नगर्ने उल्लेख गर्नुभयो । जनताले दिएको शक्ति आफू र आफ्नो परिवारका लागि दुरुपयोग गर्छ भने त्यो अपराध भएको उल्लेख गर्नुभयो ।
काम गर्न नसकेको दिन चटक्कै सरकार छाड्छाैं : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णीम वाग्लेले काम गर्न नसकिएको र नदिइएको दिन चटक्कै सरकार छाडेर आउने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कालीमाटी ब्यान्क्वेटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘हामी काम गर्न जाँदै छौँ । काम गर्न नसकिएको र नदिइएको दिन चटक्कै छाडेर हामी जनतासँगै आउनेछौँ,’ वाग्लेले भन्नुभयो । साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो बन्नका लागि अन्य दलहरूले ४०/५० वर्षको दुःख गर्नुपरेको बताउनुभयो । ‘हाम्रोजस्तो हैसियत बनाउन अरू पार्टीलाई ४०/५० वर्षको दुःख गर्नुपरेको थियो,’ वाग्लेले भन्नुभयो । उहाँले पार्टी सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेले पदमा बसेकै दिनबाट काम गर्न सुरु गरेको भन्दै लामो प्रशंसासमेत गर्नुभयो । उहाँले रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘पार्टीका सभापति, मेरा मित्र, नेपाल राष्ट्रको उपप्रधानमन्त्री । भन्दा पनि कस्तो स्वाद आइरहेको छ । आदरणीय रवि लामिछानेज्यू ।’
डा. वाग्लेले रवि लामिछानेको नामको अगाडि उपप्रधानमन्त्री जोड्दा स्वाद आएको बताउनुभयो । ‘रास्वपा भन्ने पार्टी बोल्ने मात्रै भयो । हाम्रा जम्मा २१ जना सांसद छौँ । हामीले संसद् तताएका छौँ ।,’ उहाँले अघि भन्नुभयोे, ‘८८४ मा जम्मा २० थान मात्रै हाम्रा सांसद छन् । नेपालको संसद् चलायमान भएको छ ।’ उहाँले संसद्मा चेक खेलबारे केही दिनअघि राखेको सम्बोधन स्मरण गर्दै आफ्नो पार्टीका सांसदले कामबाट नै जवाफ दिनुपर्ने बताउनुभयो ।
अहिले त ट्रेलर मात्र हो, फिल्म आउनै बाँकी छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताउनुभएको छ । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरैजना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताउनुभयो ।
अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गर्नुभयो । अहिले आम नेपालीलाई ‘सर्भिस डेलिभरी’को खाँचो रहेकोले पनि पार्टी सरकारमा गएको उल्लेख गर्नुभयो । उहाँले अहिले आर्थिक संकट, विकृतिका चाङ रहेको बेला टिममा काम गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । उहाँले आफूले सम्हालेको मन्त्रालय विदेशमा नेपालको प्रतिनिधित्व गर्ने र राष्ट्रिय झण्डालाई चिनाउने मन्त्रालयको रूपमा रहेको उल्लेख गर्नुभयो । खेलकुद नै राष्ट्रिय एकताको सूत्रधारको रूपमा रहेको तर्क गर्दै खेलकुद क्षेत्रमा के नयाँ गर्न सकिन्छ भन्ने बारेमा पार्टी नेतृत्वसँग पनि आफूले छलफल गरेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच