डिस मिडियालाई आइओएस

Read Time = 1 min

काठमाडौं । डिस मिडिया नेटवर्कले डाटा सेन्टर र इन्टरनेट सेवामा आइओएस प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिकाको क्वालिटी स्ट्याण्डर्ड रजिस्टेचले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्यांकन, ग्राहक सेवाको गुणस्तरका आधारमा निरीक्षण गरी आइओएस ९००१ः२०१५ प्रदान गरेको हो ।

स्याटेलाइट टेलिभिजनमार्फत् नेपालको कुना-कुनामा सेवा प्रदान गर्दै आएको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकभन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवासमेत प्रदान गर्दै आएको छ । उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनका कारण नै कम्पनीले आइओएस प्रमाणीकरण प्राप्त गर्न सफल भन्दै आगामी दिन अझै समयअनुसारको प्रविधि प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?