४२ घरधुरीलाई सोलार सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा तीनको लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो ।

अन्धकारमा कोही रात कटाउन नपरोस् भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ति बाल्न सकुन भन्नका लागि सोलार सहयोग गरिएको हो ।

विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसी भएका छन् । हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन । लिमाटाङ गाउँमै पुगेर सोलार वितरण गरिएको हो । दुई वटा बल्व, एउटा पाता, व्याट्री सहित सोलार बत्ती वितरण गरिएको हो ।

तेस्रो ध्रुव संरक्षण परियोजना उकालीको आयोजनाका साथै संयुक्त राष्ट्र विकास कार्यक्रमको विश्वअमेरिकी गैरसरकारी संस्था र जीईएफ स्मल ग्रान्ड फन्ड (एसजीपी) यूएनडिपी, सिमकोट गाउँपालिका आर्थिक सहयोगका सागै क्यानडामा रहेका पेमा लामाको व्यतिगत आर्थिक सहयोगमा सोलार सहयोग गरिएको हो । खाली खुट्टा कलेज अन्तर्राष्ट्रिय (भारत) लोटस इनर्जी प्रा.लि.को प्राविधिक सहयोग र छेतेन लामाको समन्वयमा उक्त सोलार विपन्न परिवारलाई सहयोग गरिएको हो ।

सोलार वितरण कार्यक्रममा लिमाटाङ गाउँमै पुगेर सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, वडा तीनका वडाध्यक्ष पामा लामा लगायत सहयोगी संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?