थप ३१ जनामा कोरोना संक्रमण पुष्टि, १० जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?