काठमाडौं । यही चैत ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रेड सुटकेस’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार युट्युबमार्फत् सिनेमाको टिजर सार्वजनिक गरेको हो ।
टिजरमा एक व्यक्ति घरबाट सुटकेस लिएर निस्किन्छ । सुटकेस सडक र पानीमा घिसार्दै गरेको पात्र खोलेको सुटकेस बन्द गर्छ । टिजरमा बाँकी केही देखिँदैन, सस्पेन्समै टिजर सकिन्छ । फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवटालगायत कलाकारको अभिनय छ । चलचित्रको निर्मातामा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा हुनुहुन्छ ।
भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको यो चलचित्र ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेस गर्छ । ड्राइभरको यात्रासँगै नेपालको आर्थिक, राजनीतिक अवस्था चित्रित गर्छ ।
चलचित्रमा सौगाल मल्लले ड्राइभरको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्र यसअघि स्वीट्जरल्याण्डको जुरिच सिनेमा महोत्सवमा समेत प्रिमियर भएको थियो । फिडेल देवकोटा निर्देशित सिनेमालाई आइसफल प्रोडक्सनले निर्माण गरेको हो । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई समन अलभितिगाले सम्पादन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच