विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी) विजयी भएको छ । आठौं संस्करणको प्रतियोगिताको पहिलो खेलमा नेपला पुलिस क्लबलाई ३-० गोलले हराएर आरटीएफसी क्वाटरफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबारदेखि रात्रिकालीन प्रतियोगिता सुरु भएको हो ।
थिम्पुले पहिलो क्वार्टरफाइनल खेल शनिबार घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबसँग खेल्नेछ । शहीद रंगशालामा फ्लडलाइटमा प्रतियोगिता गराइएको छ । थिम्पुको जितका लागि किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरुङले समान एक/एक गोल गर्नुभएको थियो ।
पहिलो हाफको ३६औं मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले डिबक्स भित्र टच गर्दामा गोलमा परिणत भयो । आरटीएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४०औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गर्नुभयो । ६३औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो ।
पहिलो हाफमा दुई गोलले पछि परेको पुलिस दबाबमा परेको थियो । दोस्रो हाफदेखि केही आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले धेरै अवसर सिजर्ना गरे पनि गोल गर्न सकेनन् । तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिएको छ ।
खेलको ७औं मिनेटमा पुलिसका सञ्जीव लामाको फ्री किक प्रहार बाहिरयो । १७औं मिनेटमा उज्जल राईले डिबक्स भित्रबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१औं मिनेटमा पुलिसका प्रवीण थापाले डिबक्सभित्रबाट गरेको कडा प्रहार पनि बाहिरियो । ३७औं मिनेटमा पुलिसको शिशिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा परेन । ४०औं मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोष्ट माथिबाट गयो ।
७०औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन । प्रतियोगिता चैत २४ गतेसम्म सञ्चालन हुनेछ । यसमा विदेशी तीन र स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी छन् । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच