धनगढी । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।
खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी अघि बढेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो । आगामी वैशाखभित्रै साइकल यात्रा गर्नेगरी तयारी अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । खप्तडको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा १० लाख बजेट विनियोजन गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो ।
सो साइकल यात्रा डडेल्धुरादेखि खप्तडको त्रिवेणीधामसम्म गरिने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयले जनाएको छ । साइकल यात्रामा सहभागी हुन चाहने व्यक्तिलाई कार्यालयको समन्वयमा ल्याउने काम भइरहेको बोहराको भनाइ छ ।
यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी-त्रिवेणीधामसम्म चार दशमलब पाँच किलोमिटर पदमार्ग निर्माण गर्न ९९ लाख ९९ हजार ६७५ बजेट विनियोजन गरी ठेक्का सम्झौता भइसकेको जनाइएको छ । सो कार्यका लागि कार्यालयले बोलपत्र आहृवान गर्दा ३८ लाख ५८ हजार ६६८ दशमलब आठमा अपि सैपाल मार्मा कन्स्ट्रक्सन एण्ड सप्लायर्स मार्मा दार्चुलासँग ठेक्का सम्झौता गरिएको छ ।
खप्तडमा पर्यटकका लागि खाने, बस्नेलगायत आवश्यक पूर्वाधार निर्माणसहितको सुविधा दिनसके आन्तरिक तथा बाहृय पर्यटकको आगमनमा वृद्धिमात्र नभई प्रदेशको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड २२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा २२ वटा पाटन र ५३ वटा थुम्का रहेको जनाइएको छ । खप्तड बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलका रूपमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच