![मधेस प्रदेशका जनताकै कारण देशमा संघीयता आएको हो : मुख्यमन्त्री यादव](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/saroj-kumar-yadhav-madhesh_pradesh.jpg)
काठमाडौं । आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले लुम्बिनी र बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा फोरजी सेवामा सुधार गरेको छ । उक्त सुधारले सो क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।
एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउ रहेका छन् । यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो ।
फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्याण्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरूप कम्पनीले गत माघमा मधेश र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो । देशका विभिन्न भागमा विस्तारित फोरजी सेवा सुधार गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
साथै कम्पनीले विभिन्न आकर्षक अफर पनि सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत तीनवटा डबल मजा प्याक सञ्चालनमा रहेका छन् । एक सय ५० रुपैयाँमा सुरु हुने प्याकमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्त गरी फाइदा लिन सक्ने बताइएको छ । त्यस्तै, लोकप्रिय इण्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट अफरसमेत रहेको छ । अफरअन्तर्गत ग्राहकले अझ सुलभ शुल्कमा भारत भ्रमणमा सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधि र नेटवर्कमार्फत् विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धताबमोजिम कम्पनीले ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । कम्पनीका अनुसार एनसेल फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भिएलआर) तथ्यांकका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच