लमजुङ । मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक आज(बिहीबार)बाट एकसाता बन्द गरिएको छ । सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्यांगेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एकसाता बन्द गरिएको हो ।
डुम्रे-बेंसीसहर-चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बुधबारदेखि सडक बन्द गर्ने भने पनि आर्थिक वर्षको मसान्त भएकाले सरकारी काममा समस्या हुने भएकाले बिहीबारदेखि सडक बन्द गरिएको बताउनुभयो ।
सडक ढलान तथा स्तरोन्नतिका लागि पूर्णरूपमा एक सातासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्नेछ । उक्त सडक निर्माणका लागि संघीय सरकारले ६० लाख छुट्याएको छ । श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।
२०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । ६५ किलोमिटर दूरीको बेंसीसहर-चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडकखण्ड अवरुद्ध हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच