कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको छ । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी हुनु भयो। उहाँका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाउनु भयो । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाउनु भयो ।

प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गर्नुभयो ।

यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी हुनु भयो लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गर्नुभयो। उहाँले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?