चितवन । स्वदेशी उत्पादन बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत् उद्यमशीलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सवअन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान) चितवनको संयुक्त आयोजनामा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला-२०८१ सुरु भएको छ । मेला समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । साना तथा मझौला उद्योगको बजार मागमा आएको उच्च कमीले समस्यामा परेका उद्योगी व्यवसायीको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउन सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले विश्वमै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादन खपतमा गिरावट आएकोे र अधिकांश उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक, मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, क्यान महासंघ अध्यक्ष रञ्जितकुमार पोदार, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेललगायतको उपस्थिति रहेको थियो ।
मेलाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाले सहकार्य गरेका छन् । शनिबार नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन विषयक प्यानल डिस्कसन कार्यक्रम सञ्चालन भएको थियो भने चैतमा १० गते दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती शीर्षकमा प्यानल डिस्कसनसहितको सेमिनार हुने आयोजकले जनाएको छ । क्यान महासंघ चितवनसँगको सहकार्यमा चितवनको समृद्धि सूचना प्रविधि भन्न नाराका साथ छैटौँ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१ आयोजना गरिएको छ । इन्फोटेकमा आइटी सेमिनारका माध्यमबाट नवीनतम् प्रविधि प्रयोगका लागि उत्प्रेरित गरिने बताइएको छ ।
प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप तथा मोबाइल खरिद गर्न पाइने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डमा विशेष छुटलगायतका सुविधा तथा सहुलियत प्रदान गरिने क्यानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच