रामेछाप । नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । रामेछापमा आयोजित महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । ‘सतीदेवी’ले पटकथामा पनि आफ्नो कब्जा जमायो । अभिनेत्री मलिका महतले यही चलचित्रबाट वेष्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभयो भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुसाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड चुम्यो । यस्तै रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट हुनुभयो ।
महोत्सवमा निर्देशनतर्फ ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित हुनुभयो । यस्तै, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नांगो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता हुनुभयो । लघु चलचित्रतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा वेष्ट कल्चरल चलचित्रमा बुद्धिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले अवार्ड चुम्यो । महोत्वसमा सिनेमा आर्टस्लाइए उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित गरियो ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाडौंबाट नजिकै रहेको रामेछाप जिल्लामा चलचित्रको छायांकन गर्ने खालका धेरै ठाउँ आफूले यात्राको क्रममा देखेको बताउनुभयो । कार्यक्रममा अभिनेता मुकुल भुसाल, महोत्सवका संयोजक एवं चलचित्र निर्देशक कमल एक्चै मगर, रामेछाप नगरपालिका-८ का वडाअध्यक्ष सन्तोषकुमार तामाङलगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको महोत्सवमा विभिन्न चलचित्रका निर्देशक, निर्माता तथा कलाकारको उपस्तिथि थियो । महोत्सवमा ‘दिमाग खराब, नांगो गाउँ, बिच्छेद, सतीदेवी, डेसानलगायत चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो । यी चलचित्रको साथमा लघु चलचित्र, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्र पनि प्रदर्शन गरिएको थियो ।
महोत्सवमा विभिन्न विषयमा सिनेमा संवाद कार्यक्रम पनि गरिएको थियो । रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले दर्शकसंग बसेर सिनेमा हेर्नुभएको थियो । उहाँले चलचित्रले मनोरञ्जनमात्र नभई समाजलाई सन्देश पनि दिने धारणा राख्नुभएको थियो ।
महोत्सव रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको थियो । यसअघि यो महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुण्डेबेंसीमा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच