![कतारी राजा थानी आज नेपाल आउँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Qatari-king-Thani-is-coming-to-Nepal.jpg)
झापा । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिनुभयो ।
यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।
कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो ।
झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।
![शुक्लाफाँटामा बाघ बढे](https://ehimalayatimes.com/wp-content/themes/himalaya/images/Hita-pen-logo.png)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच