जन्मदिनमा पुष्पलाई श्रद्धाको राधाकृष्ण उपहार

Read Time = 4 mins

काठमाडौं । अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाउनुभएको छ । ‘कृष्ण-लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रको हिरो र निर्देशकको एकैदिन परेको जन्मदिनको अवसरमा बिहीबार (साउन ५) राजधानीमा विशेष कार्यक्रम आयोजना गर्नुभएको थियो ।

भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रका निर्देशक र अभिनेताको जन्मदिन विशेष कार्यक्रममा चलचित्रकी नायिका श्रद्धा क्षेत्री तथा अभिनेताद्वय बुद्धि तामाङ र रवीन्द्र झा पनि उपस्थित हुनुहुन्थ्यो ।

आफ्नो प्रदशोन्मुख चलचित्रका निर्माताले जन्मदिनको अवसरमा ‘सरप्राइस पार्टी’ आयोजना गरेकोमा दुवै ‘बर्थ डे ब्वाई’ ले खुसी व्यक्त गर्नुभयो । ‘यसरी फिल्म टिमसँग जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको छ,’ पुष्पले भन्नुभयो, ‘यो वर्षको जन्मदिन निकै विशेष बनाइदिनुभयो । हृदयदेखि आभारी छु ।’ निर्देशक दीपकले पनि निर्माण टिम,उपस्थित सञ्चारकर्मी र सम्पूर्ण शुभचिन्तकमा कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नायिका श्रद्धाले आफ्नो ‘को–एक्टर’ पुष्पलाई के गिफ्ट दिन्छिन् भन्ने कौतुहलता सबैमा थियो । उहाँले पुष्पलाई राधाकृष्णको मूर्ति र परफ्युम ‘गिफ्ट’ गर्नुभयो । श्रद्धाले सो उपहार चलचित्रसँगै सम्बन्धित भएको बताउनुभयो । तर, उपस्थित सञ्चारकर्मीहरूबाट उनीहरूबीच अफेयर रहेको चर्चालाई थप बलियो बनाएको भन्दै प्रेमसम्बन्धी प्रश्नहरू तेर्सिएका थिए । पुष्प र श्रद्धाले भने आफूहरू निकट रहेको भने स्वीकार गर्नुभयो ।

आरआर फिल्मसको ब्यानरमा निर्मित ‘कृष्ण-लीला’ले प्रदर्शनको मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेको छ । चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि र रवीन्द्रका साथमा भावना गुरुङ, नवीन रेग्मी, हिउवाला गौतम लगायतका कलाकारले अभिनय गर्नुभएको छ । लक्ष्मण सुवेदी लिखित चलचित्र शिव ढकालले खिच्नुभएको हो । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको चलचित्रका गीतहरू अहिले चर्चामा छन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा रोजन श्रेष्ठ र पिताम्बर आचार्य तथा लाइन प्रोड्युसमा रमेश तामाङ हुनुहुन्छ । चलचित्र भदौ ३ मा देशभर प्रदर्शनमा आउने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?