![प्रथम रेसुङ्गा मेयर कप हुँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Resunga-Nagarpalika-Gulmi-Lumbini.jpg)
नयाँदिल्ली । दिल्ली क्यापिटल्सका अस्ट्रेलियन अलराउन्डर मिचेल मार्शले इण्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी सबै खेल गुमाउनुहुने भएको छ । हृयामस्ट्रिङको समस्याबाट गुज्रिरहनुभएका उहाँले आइपिएलका बाँकी खेल गुमाउनुहुने भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चोट निको भएपछि पनि उहाँ भारत नफर्किने दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका हुन् । अस्ट्रेलियन क्रिकेट टिमका मेडिकल स्टाफसँग परामर्श गर्न मार्श अप्रिल १२ मा पर्थ फर्किनुभएको थियो । मार्शले यो संस्करण दिल्लीका लागि मात्र चार खेल खेल्नुभयोे । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच