काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले (एनआरएनए एनसिसी अमेरिका) अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सहयोगमा टेलिहेल्थ कार्यक्रम सुरु गरेको छ । एनआरएनए एनसिसी अमेरिकाको इतिहासमा पहिलोपटक यो सेवा सुरु गरिएको हो । सुरुका दिनमा एनसिसी अमेरिकाका वर्तमान सदस्य र तिनीहरूका परिवारहरूलाई यो सेवा प्रदान गर्ने बताइएको छ ।
टेलिहेल्थ सेवामा भाग लिन अमेरिकामा रहेका नेपालीहरूले स्वास्थ्य समितिलाई सम्पर्क गर्नुपर्ने हुन्छ । अहिले प्रदान गर्न सुरु गरिएको सेवा भनेको औषधिको रिफिल, परामर्श र अन्य सेवाहरू हुन् । यो सेवा लिन स्वास्थ्य समितिलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य समितिले के सेवाका लागि कुन राज्यबाट अनुरोध आएको हो त्यसको विवरण लिन्छन् । त्यसपछि स्वास्थ्य समितिले सम्बन्धित राज्यमा स्वास्थ्य सेवा दिन अनुमति भएका स्वास्थ्यकर्मी परिचालन गरी समस्यालाई समाधान गर्न सहजता गर्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच