काठमाडौं । आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी-२० क्रिकेट शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा वेष्ट इण्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार १७३ रनको लक्ष्य नेपालले सात बलअगाडि नै पूरा गरेको हो । आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा कुशल मल्लको सानदार ब्याटिङमा नेपालले शृंखलामा सान्त्वना विजय हात पारेको हो । वेष्ट इण्डिज ‘ए’ ले तीन-दुईको अग्रतासँगै शृंखला आफ्नो पक्षमा पारेको छ ।
अन्तिम खेलमा कुशल मल्ल ३७ र रोहित पौडेल शून्य रनमा नटआउट रहनुभयो । कुशलले १८ बलमा तीन चौका र तीन छक्का सहयोगमा ३७ रन बनाउनुभयो ।
४५ बलमा चार चौका र चार छक्का सहयोगमा ५८ रन बनाउनुभएका अनिल १७औँ ओभरको दोस्रो बलमा क्याच आउट हुनुभयो । आसिफ ५१ रन बनाउँदै क्याच आउट हुनुभयो । उहाँले ४५ बलमा दुई चौका र पाँच छक्का हिर्काउनुभयो । उहाँले ३२ बलमा दुई चौका र पाँच छक्का मद्दतमा १३औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । उहाँ चौथो ओभरको तेस्रो बलमा क्याच आउट हुनुभयो । दिपेन्द्र सिंह ऐरी पाँच रनमा क्याच आउट हुनुभयो ।
पहिलो विकेटका रूपमा नेपालका ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट हुनुभएको थियो । कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट हुनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रनको योगफल तयार पारेको थियो । एलिक अथानाजे ४२ र हेडेन वाल्स सात रनमा नटआउट रहनुभयो ।
नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान तीन विकेट लिनुभयो । सागरले दुई ओभरमा १७ रन खर्चेर तीन विकेट झार्नुभयो । सोमपालले आफ्नो स्पेलमा १६ रन खर्चनुभयो भने अविनास बोहोराको नाममा एक विकेट रहृयो ।
गुणाकेश मोतीले एक रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट हुनुभएको थियो । फाबियन एलियनले तीन रन बनाउँदा सोमपालकै बलमा विकेट किपर आसिफ शेखको हातबाट आउट हुनुभयो ।
सोमपालले १७ औँ ओभरको तेस्रो बलमा म्याथु फोर्डलाई २३ रनमा क्याच आउट गराउनुभयो । त्यसअघि १४औँ ओभरको तेस्रो बलमा वेष्ट इण्डिजका कप्तान रोष्टन चेस आउट हुनुभएको थियो । २३ बलमा ३३ रन बनाउनुभएका रोष्टन अविनास बोहोराको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुनुभएको थियो ।
ओपनर जोनसन चाल्सले २४ रन बनाउँदा पेभेलियन फर्कनुभयो । २० बलमा दुई चौका र दुई छक्का हान्नुभएका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड हुनुभएको थियो । अर्का ओपनर कदिम एलियनले ११ रन बनाउँदा सागरकै बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुनुभएको थियो । मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट हुनुभयो । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको थियो । गुल्सन झा र करण केसीको स्थानमा अनिल साह र सागरलाई खेलाइएको थियो ।
शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेष्ट इण्डिज प्रतियोगिताको च्याम्पियन बनेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेष्ट इण्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।
प्लेयर अफ दि सिरिज रोहित
वेष्ट इण्डिज ‘ए’ सँगको पाँच खेलको शृंखलामा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज बन्न सफल हुनुभएको छ । पहिलो खेलमा शतक र दोस्रो तथा तेस्रो खेलमा अर्धशतकको पारी खेल्नुभएका रोहितले प्लेयर अफ दि सिरिज उपाधिसँगै २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । एक खेलमा बेञ्चमा बस्नुभएका रोहितले अन्तिम खेलमा कुनै बलको सामना नगरी अविजित रहनुभयो । चार खेलमा मैदानमा आउनुभएका रोहितले शृंखलामा कुल २६५ रन बनाउनुभयो ।
शृंखलामा वेष्ट इण्डिजका जोन्सन चाल्र्स उत्कृष्ट ब्याट्म्यान र अबेड मक्वे उत्कृष्ट बलर घोषित हुनुभयो । मक्वेले शृंखलाको अन्तिम खेलमा तीन विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच