रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जका मंगलबार भालुको आक्रमणबाट नेचर गाइड घाइते भएका छन् ।
सौराहाबाट पर्यटक लिएर निकुञ्ज गएका रत्ननगर वडा नं ६ बछौली निवासी ४५ बर्षीय योगप्रसाद लामिछाने (नकुल) भालुको आक्रमणबाट घाइते भएका हुन । उनलाई निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत पुरानो पदमपुरको जयमंगला भन्ने ठाउँमा दिउँसो साढे तीन बजे भालुले आक्रमण गरेको थियो । सौराहा स्थित चितवन पार्क भिलेजबाट दुई जना विदेशी पर्यटक लिएर निकुञ्ज गएका लामिछालाई भालुले एक्कासी आक्रमण गरेको नेचर गाइड एशोसियनस चितवनका अध्यक्ष अनिल गुरुङले जानकारी दिनुभयो ।
टाउको, घाँटी र पेटमा चोट रहेको लामिछानेको चितवन मेडिकल मलेजमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । लामिछानेसंग निकुञ्ज गएका पर्यटकले भने भागेर ज्यान जोगाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच