‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत् सार्वजनिक ट्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतार-चढावलगायतका विषयवस्तुमा आधारित रहेको महसुस गर्न सकिन्छ । सार्वजनिक ट्रेलरलाई शाहिल खानले निर्माण गर्नुभएको हो ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी जेठ-२६ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही शहरमा पनि प्रदर्शन हुँदैछ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिप राई, प्रेविल कँडेल, स्व. जयनन्द लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

यो चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथिले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहारसम्बन्धी गीत ‘सेलको बासना चलेको’ लगायतले दर्शकको ध्यान तानेको थियो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दीर्घ गुरुङ हुनुहुन्छ । कविराज गहतराज, गम्भीर विष्टको संयुक्त कोरियोग्राफी, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरूमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठलगायतका चर्चित गायकहरूको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक डिरेक्टर राज सागर हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?