काठमाडौं । विगत लामो समयदेखि घट्दोक्रममा रहेको सेयर बजार बुधबार पनि बढ्न सकेन । यस दिन सेयर बजार ०.२१ अंकले घटेर १९६०.६० अंकमा झरेको छ । अघिल्लो दिन १९६०.८१ अंकमा झरेको थियो । बुधबार कारोबार आएकामध्ये एक सय ४० कम्पनीको सेयर मूल्य बढेको, एक सय ४२ कम्पनीको घटेको र २३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
नेप्से घटे पनि दुई अर्ब ५४ करोड ७० लाख ३० हजार आठ सय २५ रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनभन्दा ४० करोड ६५ लाख रुपैयाँ बढी हो । तीन सय पाँच कम्पनीका ५८ लाख ७४ हजार नौ सय ६७ कित्ता सेयर ४१ हजार खरिदबिक्री भएको बजारमा लघुवित्तको सेयर मूल्य भने उच्च अंकले बढेको छ ।
इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने दोल्ती पावर ९.७४, समता घरेलु लघुवित्त ९.६४, ग्रामीण विकास लघुवित्त ८.२१ र सिर्जनशील लघुवित्तको ७.६८ प्रतिशतले बढेको छ । महुली लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत्, एनएमबी लघुवित्त, नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य पनि बढेको छ । तर, कुमारी सबल योजनाको इकाई मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने मैलुङखोला जलविद्युत् ३.६९, आरबिबी म्युचुअल फण्ड-१ को इकाई मूल्य ३.१८, वरुण हाइड्रोपावर ३.११ र सामलिङ पावरको २.९८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा फस्र्ट माइक्रोफाइनान्सको सर्वाधिक १० करोड ६० लाख सेयर कारोबार भएको छ भने ग्रामीण विकास लघुवित्त सात करोड १५ लाख, हिमालयन डिष्टिलरी पाँच करोड ८६ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर पाँच करोड ७१ लाख र गोर्खाज फाइनान्सको पाँच करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कित्ताका आधारमा प्राइम कमर्सियल बैंकको संस्थापक सर्वाधिक चार लाख १० हजार नौ सय १५ कित्ता र कारोबार संख्याका आधारमा सन नेपाल लाइफको एक हजार पाँच सय ८४ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच