काठमाडौं । घर बाटो सिफारिस बापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका – ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो ।
नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच