![बसन्तमय तिलोत्तमा (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/tilottama-nagarpalika-7.jpg)
मुम्बई । बलिउड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ ।
फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेख्नुभएको छ, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको अन(स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिन ।’
सिकंदरमा छनौट भएपछि रश्मिकाले लेख्नुभएको छ, ‘धेरै समयदेखि तपाई मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।’
यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकंदर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरिसक्नु भएको छ । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दै हुनुहुन्छ । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नुहुनेछ । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।
निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिनुभएको छ। ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गर्नुभएको थियो । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच