काठमाडौं । विगत केही महिनादेखि सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । बैंक अफ इंग्ल्याण्डलगायतका ठूला बैंकले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै सोको प्रभाव सुन बजारमा पर्न गएको विश्लेषकहरूले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो सातामात्रै सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । गत साता २२ सय रुपैयाँ घटेको सुनको मूल्य यस साता २५ सय रुपैयाँले बढेको हो ।
साताको पहिलो कारोबार दिन एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन सोमबार दुई सयले बढेर एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको थियो । साताको तेस्रो कारोबार दिन मंगलबार तोलाको दुई सय रुपैयाँ घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार भने मूल्य स्थिर रहेको थियो ।
बिहीबार आठ सयले घटेर एक लाख ३५ हजार छ सय रुपैयाँमा सीमित सुन शुक्रबार एकै दिन २३ सय रुपैयाँ बढेर एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको हो । चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार छ सय ४० रुपैयाँ रहेको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच