काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि सफलता हासिल गरेको छ । एमजी ४ इभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभी शीर्ष उपाधि जित्न सफल भएको कम्पनीले जनाएको छ । अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भन्नुभयो, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौँ । एमजी ४ को यो न्युजिल्याण्डमा मात्रै नवौँ पुरस्कार जित हो ।’ गत वर्ष नेपाली बजारमा कदम राखेको विद्युतीय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यका लागि प्रसिद्ध छ ।
२०२२ मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालु इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इयर २०२३’, ‘ बेष्ट भ्यालु इलेक्ट्रिक कार २०२२’, र टप गियर अवार्ड २०२२ मा ‘बार्गेन अफ द इयर’ जस्ता विभिन्न उपाधि हासिल गर्दै आएको छ । कम्पनीका अनुसार सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापीरूपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।
तीन सयभन्दा धेरै दक्ष इञ्जिनियरले युरोपेली इञ्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारीसाधन युरोपेली कानुन र ग्राहकको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । एमजीको नेपालस्थित आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी ४ इभी, एमजी जेडएस इभी, एमजी कोमेट इभी गरी तीन मोडलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस र एमजी एसटर गरी तीन मोडलका इन्धन गाडी बिक्रीवितरण गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच