![सरकारले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि ठोस योजना बनाउँछ : मन्त्री भण्डारी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/udhyog-samiti-pratinidhi-sabha.jpg)
काठमाडौं । नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । बागमतीले भने दुवै खेलमा हार बेहोरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशविरुद्ध आठ विकेटको सहज जित निकालेको हो ।
खेलमा बागमतीले प्रस्तुत गरेको ७४ रनको लक्ष्य एपिएफले ११ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । एपिएफको जितमा ओपनर ममता चौधरीले ३५ रन बनाउनुभयो । उहाँले ३२ बलमा ५ चौका प्रहार गर्नुभयो । यस्तै, इन्दु बर्माले १७, कप्तान सीता रानामगरले ११ र राजमती ऐरीले १० रन बनाउनुभयो । बागमतीकी खुसी डंगोलले एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो ।
बागमतीकी हेलिशा गुरुङले ३१ र खुसी डंगोलले १४ रन बनाउनुभयो । यसबाहेक बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बागमतीलाई सस्तैमा रोक्न एपिएफकी करुणा भण्डारीले ४ विकेट लिनुभयो । बागमती पहिलो खेलमा ललितपुर मेयर्स–११ सँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै, सम्झना खड्काको अर्धशतकसँगै सुदूरपश्चिमले ललितपुर मेयर्स कपमा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा सुदूरपश्चिमले डकवर्थ लेविस पद्धति (डिएलएस)मा आयोजक ललितपुर मेयर्स ११ लाई १६ रनले पराजित गरेको थियो ।
जितसँगै सुदूरपश्चिमले दुई खेलबाट चार अंक जोडेको छ । शीर्ष स्थानमा रहेको विभागीय टोलीको पनि समान चार अंक रहेको छ । तर, नेट रननेटमा सुदूरपश्चिम दोस्रो स्थानमा छ ।
कोशीको लगातार यो दोस्रो हार हो । कोशी पहिलो खेलमा एपिएफसँग २४ रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९३ रनमात्रै बनाउन सक्यो ।
कोशीकी काजोल श्रेष्ठले सर्वाधिक ३३ रन बनाउनुभयो । ४० बल खेल्नुभएका उहाँले दुई चौका प्रहार गर्नुभयो । कप्तान अप्सरा बेगम २३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । सुदूरपश्चिमकी ऋतु कौन्जियार, लक्ष्मी साउद, जानकी थापा र बिन्दु रावलले एक/एक विकेट लिनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।
सुदूरपश्चिमकी सम्झना खड्काले सर्वाधिक ५४ रन बनाउनुभयो । ५१ बल खेल्नुभएकी उहाँले चार चौका प्रहार गर्नुभयो । ऋतु कौन्जियार २३ र कप्तान बिन्दु रावल १४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कोशीकी सबनम राई, संगीता राई र हिरनमाया रोयले दुई/दुई विकेट लिनुभयो । एलिसा खडायतको नाममा एक विकेट रहृयो । पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच