इजरायल । इजरायली सेनाले आइतबार प्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।
सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजाबिचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो । सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुद्रको किनार नजिक छ ।
इजरायली सेनाले गाजापट्टीको उत्तरमा सहायताका लागि मार्गहरू बढाउने प्रयासको रूपमा क्रसिङ निर्माण गरेको हो । उत्तरी गाजाको जबलिया क्षेत्रमा ठूलो मात्रामा कारबाही सुरु गरेको बताएको छ । यसले जबलियाबाट पश्चिमी गाजा शहरमा रहेको आश्रयस्थलमा सर्वसाधारणलाई खाली गर्न आह्वान गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच