राष्ट्रिय सभा निर्वाचन : स्वतन्त्र जितेका तीन मेयरद्वारा मतदान बहिष्कार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन स्वतन्त्र जितेका मेयरहरुले निर्वाचन बहिष्कार गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले निर्वाचन बहिस्कार गर्नुभएको हो ।

बिहीवार भएको राष्ट्रियसभाको निर्वाचनमा काठमाडौं महानगरका मेयर शाहले कार्यव्यस्तताको कारण मतदान गर्न हेटौंडा नगएको बताइएको छ। उहाँदे यसअघि प्रदेशसभाको निर्वाचनमा पनि मतदान गर्नुभएको थिएन ।

कोशी प्रदेशबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मतदान गर्नुभएन । त्यस्तै ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले मतदान नगरेपनि उहाँ विरामी परेका कारण मतदान नगरिएको बताइएको छ ।

यस्तै धनगढीका मेयर मेयर गोपाल हमालले पनि मतदान गर्नुभएन । उहाँहरु बालेन, हर्क र गोपाल तीनै जनाले स्वतन्त्र मेयर जित्नुभएको हो ।

सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उहाँहरु सहभागी नभएकाे निर्वाचन आयोगले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?