गर्मी आयो ‘लु’ बाट बच्नुहोस् (समाधानका उपायसहित)

स्वास्थ्य मन्त्रालय भन्छ- तातो हावामा घर बाहिर निस्कदाँ होस् पुर्याउँ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गर्नुभएको छ ।

मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ ।

यस्तै, चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयले आग्रह गरेको छ ।

तातो हावा वा तथा लुले हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता समस्या देखापर्दछन् । यस्तै, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

लु के हो र कसरी लाग्छ ?
नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्ने (लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लु लाग्छ) सम्भावना हुन्छ । लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ ।

लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

लुुबाट कसरी बच्ने ?
बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?